नेपाललाई तेस्रो सफलता, करन केसीले लिए लगातार तीन विकेट

काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले तेस्रो सफलता हासिल गरेकाे छ।

नेपाललाई तेस्राे सफलता दिलाउन खेलको ८.५ ओभरमा करन केसीले ओमानको तेस्रो विकेट लिएका हुन्। उनले आयान खानलाई ७ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरे।

यसअघि केसीले खेलको २.४ ओभरमा जतिन्दर सिंह र ६.५ ओभरमा सुफयान मेहमुदलाई आउट गरेका थिए।

खेलको ८.५ ओभर सकिँदा ओमानले ३० रन बनाएको छ।

शृंखलको आफ्नो अन्तिम खेल खेलिरहेको नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्न बोलाएको थियो। जारी शृंखलाका ३ खेलमध्ये नेपाल खेलमध्ये १ मा मात्रै जित हासिल गरेको छ भने २ खेलमा पराजित भएको छ।

नेपालले जारी शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध ५ विकेटको जित हासिल गरेको थियो। त्यसपछि शृंखलाको आफ्नो दोस्रो खेलमा ओमान र तेस्रो खेलमा अमेरिकासँग नेपाल पराजित भएको थियो।

फाइल त‍स्बिर : करन केसीको फेसबुक अकाउन्टबाट।

प्रतिक्रिया दिनुहोस्