ओमानसँग इतिहास रच्ला नेपाल ?

काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा आज नेपालले ओमानको सामना गर्दैछ।

शृंखलाअन्तर्गत आज नेपालले आफ्नो अन्तिम खेल ओमानविरुद्ध खेल्न लागेको हो। जारी शृंखलाका ३ खेल खेलिसकेको नेपालले खेलमध्ये १ मा मात्रै जित हासिल गरेको छ भने २ खेलमा पराजित भएको छ।

नेपालले जारी शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध ५ विकेटको जित हासिल गरेको थियो। त्यसपछि शृंखलाको आफ्नो दोस्रो खेलमा ओमान र तेस्रो खेलमा अमेरिकासँग नेपाल पराजित भएको थियो।

जारी शृंखलामा नेपालको ओमानसँग पहिलो हार भए पनि लिगमा भने नेपाल ओमानसँग लगातार तेस्रो पटक पराजित भइसकेको छ। यसअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामै नेपाल ओमानसँग लगातार दुई खेलमा पराजित भएको थियो।

यस्तोमा आज हुने खेल नेपालले जितेर इतिहास रच्न सक्ला ? नेपाली क्रिकेटप्रेमीमाझ चासो देखिन्छ। तर, ओमानलाई जित्न त्यति सहज छैन। किनकि ओमान जारी लिगमा सबैभन्दा बलियो टोली हो।

लिगको अंकतालिका हेर्दा पनि यो स्पष्ट देखिन्छ। लिगको अंकतालिकामा ओमान २० अंकका साथ शीर्ष स्थानमा छ। उसले लिगका १२ खेलमध्ये १० मा जित हासिल गरेको छ।

सात देशले प्रतिष्पर्धा गरिरहेको लिगमा नेपाल भने ६ अंकसहित छैटौंमा छ। लिगअन्तर्गत ७ खेल खेलेको नेपालले ३ वटामा मात्रै जित हासिल गरेको छ।

लिगमा जित प्रतिशत हेर्दा ओमानको तुलनामा नेपालको कम देखिन्छ। तर, नेपाललाई कम आँक्न मिल्दैन।

फाइल तस्बिर।

प्रतिक्रिया दिनुहोस्