भरतमणिले जिते कमेडी च्याम्पियन–२ को उपाधि

काठमाडौं : स्टान्डअप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन–२’को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्।

आज (शनिबार) अबेर राति भएको ‘कमेडी च्याम्पियन–२’ ग्रान्ड फिनालेमा उनलाई विजेता घाेषणा गरिएकाे हाे। उनले भाेटिङका आधारमा उपाधि जितेका हुन्। उपाधिसँगै उनले कार र नगद २५ लाख रूपैयाँ पुरस्कार जितेका छन्।

उक्त सोकाे फस्ट रनरअप भारत, सिक्किमका बिक्की अग्रवाल र सेकेन्ड रनरअप गोरखाका सन्तोष थापा भएका छन्। साेकाे निर्णायकमा सन्ताेष पन्त, मनाेज गजुरेल, प्रदीप भट्टराई र रिचा शर्मा रहेका थिए।

अघिल्लो सिजनको उपाधि भने धादिङका हिमेश पन्तले जितेका थिए।

प्रतिक्रिया दिनुहोस्