‘बिग बोस ओटिटी’की विजेता बनिन् दिव्या अग्रवाल

मुम्बई : ‘बिग बोस ओटिटी’की विजेता दिव्या अग्रवाल बनेकी छन्।

आज (शनिबार) अबेर राति भएको उक्त ओटिटी लाइभ सोको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन्। सोको उपविजेता भने निशान्त भट्ट बनेका छन्।

फिनालेमा अग्रवाल र भट्टसँगै शमिता सेट्टी, राकेश वापत र प्रतीक सहजपालले प्रतिष्पर्धा गरेका थिए। तीमध्ये अन्तिम दुईमा अग्रवाल र भट्ट पुगेका थिए।

आजतक

प्रतिक्रिया दिनुहोस्