सातामा १२ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं : पछिल्लो एक सातामा सुनको मूल्य १२ सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतबार तोलाको ९० हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलाको ८९ हजार १ सय रूपैयाँ तोकिएको छ।

उक्त अवधिमा सुनको मूल्यमा उतारचढाव देखिएको थियो। साताको दोस्रो दिन (सोमबार) सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँ बढेर ९० हजार ६ सय कायम भएको थियो। मंगलबार सुनको मूल्य स्थिर रहेकोमा बुधबार तोलामा ६ सय रूपैयाँ बढेर ९१ हजार २ सय तोकिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

बिहीबारबाट भने सुनको मूल्य घट्न थालेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँ घटेर ९० हजार ५ सय कायम भएको थियो। शुक्रबार भने छापावाल सुन तोलामा १४ सय रूपैयाँ घटेको थियो।

प्रतिक्रिया दिनुहोस्