बँदेललाई थापेको करेन्टकाे पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं : बँदेल मार्न राखेको करेन्टकाे पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय, भुरीगाउँका अनुसार बँदेल मार्न राखेको विद्युतीय पासोमा परेर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेमा ठाकुरबाबा नगरपालिका ३ का ३२ वर्षीय बालकृष्ण थारु, पत्नी २९ वर्षीया सुनिता थारु र भाउजू ४३ वर्षीया बेलमती थारु छन्।

प्रहरीका अनुसार सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको थियो। बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्