एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते बस्ने भएको छ।

देशभर संगठन विस्तारका साथै राजनीतिक गतिविधि सञ्चालनका लागि आवश्यक रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए। यसअघि गत मंगलबार तय गरिएको बैठक सारिएको पार्टीले जनाएको छ।

नेकपा (एमाले)बाट विभाजन भई गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्