डोटीमा सुत्केरीको मृत्यु, कोरोना परीक्षण गरिने

धनगढी– डोटीको सुजङ अस्पतालमा आइतबार सुत्केरीको मृत्यु भएको छ।

केआईसिंह गाउँपालिका–४, कारीबगरकी २९ वर्षीया नरुदेवी कार्कीको बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता एवं प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी ती महिलाले सोही दिन अप्रसेनपछि बच्चा जन्माएकी थिइन्। त्यसको भोलिपल्ट उनलाई श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलाई उध्दृत गर्दै प्रहरीले जनाएको छ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्