सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर देखिएको छ।

हिजो (सोमबार) तोलाको ९० हजार ६ सय रूपैयाँ तोकिएको छापावाल सुनको मूल्य आज पनि यथावत रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन पनि हिजो कायम भएकै मूल्यमा स्थिर रही प्रतितोला ९० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि यथावत नै छ। हिजो तोलामा १ हजार २ सय रूपैयाँ रहेको चाँदीको मूल्य घटबढ नभएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्