सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेर ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९२ हजार तीन सय रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजावी सुन पनि सोही दरमा घटेर तोलाको ९१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर १ हजार २ सय ८५ रुपैयाँ पुगेको सुनचाँदी व्यावसायीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्