सुनको मूल्य स्थिर, तोलाको ९२ हजार ३ सय

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ। हिजो (सोमबार) तोलाको ९२ हजार ३ सय रूपैयाँ तोकिएको छापावाल सुनको मूल्य आज पनि यथावत रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन पनि हिजो कायम भएकै मूल्यमा स्थिर रही प्रतितोला ९१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय ७५ रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला १ हजार २ सय ८५ रूपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्