काठमाडौं- विश्वका दुई सय १४ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ६० लाखभन्दा बढी संक्रमित छन्।
सिएनएनका अनुसार आइतबार बिहान ७ बजेसम्म विश्वभर ६० लाख ५७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये कोरोना संक्रमणबाट तीन लाख ६९ हजार ८५ जनाको ज्यान गइसकेको छ।
कोरोना महामारीबाट सर्वाधिक प्रभावित संयुक्त राज्य अमेरिका छ। त्यहाँ १७ लाख ६९ हजार सात सय ७२ जना संक्रमित छन्। यस्तै, त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख तीन हजार सात सय ६८ पुगेको छ।
सर्वाधिक प्रभावितको सूचीमा ब्राजिल, रुस, संयुक्त अधिराज्य, स्पेन, इटाली, फ्रान्स, जर्मनी, भारत र टर्की क्रमशः दोस्रोबाट दसौं स्थानमा छन्।
कहाँ कति ?

प्रतिक्रिया दिनुहोस्