पछिल्लो साढे दुई महिनायता विश्वको कूल जनसंख्याको ठूलो हिस्सा घरमा कैद छन्। लकडाउनका कारण मानिस केवल आवश्यक सामान किन्न मात्रै कहिलेकाहीँ बाहिर निस्कने गरेका छन्।
यस्तो यसकारण गरिएको छ कि कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलनबाट रोक्न सकियोस्। तर, घरमा बस्दा यस्ता दुष्प्रभाव छन्, जो हामीलाई कोरोना भाइरससँग लड्न कमजोर बनाइरहेको छ।
मानिसको विकास दिन तथा रातको २४ घन्टाको हिसाबले भएको हो।
ब्याक्टेरिया तथा भाइरस
हाम्रो शरीरभित्र रहेको सिर्केडियन क्लोक तथा शरीरको जैविक घडी, सूर्यको उज्यालो तथा रातको अँध्यारोसँग तालमेल बनाएर चल्ने गरेको छ।
सूर्यको किरणबाट हामीलाई भिटामिन डी मिल्छ। यसले दाँत तथा हड्डी बलियो बनाउँछ। यस्तै, फोक्सोसम्बन्धी रोगसँग लड्ने क्षमता पनि बढाउँछ।
कुनै संक्रमण हुँदा फोक्सोको भित्रि हिस्साको माथिल्लो भागबाट पेस्टाइड निस्किन्छ, जो ब्याक्टेरिया तथा भाइरसलाई नष्ट गरिदिन्छ। यस भाइरसलाई क्याथेलिसिडिन भनिन्छ, जो हाम्रो बी तथा टी इम्युन सेललाई पनि बलियो बनाउँछ।
जुन मानिसको शरीरमा भिटामिन डीको कमी हुन्छ, उनीहरुको श्वासको नलीमा भाइरस इन्फेक्सन हुने आशंका बढी हुन्छ।
भिटामिन डीको कमी
वैज्ञानिक यस कुरालाई पत्ता लगाइरहेका छन्– के भिटामिन डीको सप्लिमेन्ट लिँदा कोरोना भाइरससँग लड्न मद्दत मिल्छ?
डब्लिनको ट्रिनिटी कलेजकी रिसर्चर रोज केनीकी रिसर्चको अनुसार, इटाली तथत स्पेनमा कोरोना भाइरसबाट मर्ने मानिसको भिटामिन डीको कमी पाइएको थियो।
यी क्षेत्रमा मानिस घरभित्र बसिरहेका छन्। बाहिर निस्कन सनस्क्रिन प्रयोग गरिरहेका छन्। यस कारण उनीहरुमा भिटामिन डीको कमी हुनेछ।
भिटामिन डीको सप्लिमेन्ट लिनुभन्दा सूर्यको प्रकाशबाट यसलाई हासिल गर्नु राम्रो हुनेछ। यसले अन्य भाइरस इन्फेक्सनबाट लड्न मद्दत मिल्छ, जस्तो कि इन्फ्लुएन्जा वा सामान्य रुघाखोकी।
रोग प्रतिरोधात्मक क्षमता
लकडाउनका कारण मानिस घरभन्दा बाहिर निस्केका छैनन्। यस्तै, व्यायाम गर्ने मानिसमा पनि कमी आएको छ। जबबी यसले तनाव कम गर्न मद्दत मिल्छ। तनाव कम भए हाम्रो रोग प्रतिरोधात्मक क्षमता धेरै काम गर्छ।
यदि, तपाईं पार्क, बगैँचा वा हरियाली क्षेत्रमा बस्छन्, प्रकृतिको नजिक हुने भएकाले तपाईं उच्च रक्तचाप तथा मुटुको बिरामीबाट बच्न सकिन्छ। यसबाट चिनी रोगबाट बच्न पनि मद्दत मिल्छ। बाहिर घुम्दा एक्लोपनबाट टाढा हुन्छ। हामी अन्य मानिसको सम्पर्क आउँछौं।
क्यान्सर कोशिका
केही अनुसन्धानमा यो पाइएको छ कि रुखले हाम्रो इम्युन सिस्टममा सिधा असर पार्छ। रुखको आसपास धेरै समय बिताउँदा हाम्रो शरीरको रोग प्रतिरोधात्मक कोशिका अधिक सक्रिया हुन्छन्। यी कोशिका भाइरस तथा क्यान्सरको कोशिकाबारे पत्ता लगाएर त्यसलाई नष्ट गरिदिन्छन्।
जापानमा गरिएको एक अध्ययन अनुसार रुखको आसपास बस्दा हामी श्वाससँगै फाइटोनसाइड्स तत्व भित्र लिन्छौं। यसले हाम्रो इम्युन सिस्टम बलियो बनाउन ठूलो योगदान मिल्छ।
शरीरको घडीको बिग्रदो लय
बाहिर घुम्दा हाम्रो निद्रामा पनि असर पर्छ। लकडाउनका क्रममा घर बन्द रहँदा हाम्रो शरीरको घडीको लय बिग्रन्छ। यसले निद्रामा पनि नराम्रो असर पार्छ। बिहान अबेरसम्म सुत्नु र राति अबेरसम्म नसुत्नु स्वास्थ्यका लागि राम्रो हुँदैन।
यदि कोही मानिस लामो समयसम्म घरभन्दा बाहिर निस्कदैनन्, त्यसले उसको शरीरको जैविक घडीको लय बिग्रन्छ। जो मानिस बिहान खुला हावा तथा प्रकाशमा समय बिताउँछन्, उनीहरुलाई राम्रो निद्रा आउँछ।
जो मानिस बन्द घरमा बिजुलीको प्रकाशमा रहन्छन्, उनीहरुलाई निद्रामा समस्या देखिन्छ। प्रकाशले हाम्रो इम्युन सिस्टममा सिधा असर नपरे पनि यसले निद्रामा असर पुर्याउँछ।
सामाजिक दूरी
बिहान चाडै उठ्नाले रातमा राम्रो निद्रा आउँछ। यसले हामीलाई तनाव तथा डिप्रेसनबाट बचाउँछ। र, हाम्रो इम्युन सिस्टम राम्रोसँग काम गर्छ।
घरभन्दा बाहिर निस्केर यी फाइदाको लाभ उठाउन कति समय बाहिर रहन जरुरी छ?
यो प्रश्नको कुनै ठोस जवाफ वैज्ञानिकसँग छैन। तर, बिहान हिँडडुल गर्दा तथा सूर्यको किरणबाट भिटामिन डी हासिल गरे रोगसँग लड्ने क्षमता बलियो बनाउँछ।
बिबिसी
प्रतिक्रिया दिनुहोस्