यी राशिका व्यक्तिलाई हुनेछ लाभ

काठमाडौं- दैनिक राशिफल चन्द्र ग्रहको गणनामा आधारित छ। आजको राशिफल पञ्चाङको गणना तथा सटीक खगोलीय विश्लेषणबाट गरिएको छ। दैनिक राशिफलमा सबै १२ राशिको भविष्यफल बताइएको छ।

मेष : दिन राम्रो रहनेछ। दिउँसोपछि प्रेम जीवनमा चमक देखिनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। कामको सिलसिलामा राम्रो नतिजा मिल्नेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

वृष : दिन धेरै राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नोकरीको सिलसिलामा गरिएका प्रयास सफल हुनेछन्। कम मेहेनतले पनि काम सफल हुनेछ। आय बढ्नेछ भने खर्चमा कमी आउनेछ। दाम्पत्य जीवनमा समझदारी बन्नेछ।

मिथुन : यात्रामा जाने मन लाग्नेछ। स्वास्थ्य सामान्य रहनेछ। नयाँ काम गर्ने मन लाग्नेछ। काम ध्यानपूर्वक गर्नु राम्रो होला। दाम्पत्य जीवन सामान्य रहनेछ।

कर्कट : दिन राम्रो हुनेछ। आय बढ्नेछ। पारिवारिक जिम्मेवारी निभाइने योग छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरुसँग दिन बित्नेछ। कममा राम्रो नतिजा मिल्ने योग छ। तर, सावधानी अपनाउनुपर्नेछ। अरुको कुरामा दख्खल नदिनु राम्रो हुनेछ।

सिंह : दिन एकदमै राम्रो छ। दिनको सुरुवातमा खर्च बढे पनि दिउँसो पछि यसमा कटौती आउनेछ। सहकर्मी कर्मचारीसँग राम्रो व्यवहार गर्दा राम्रो हुनेछ। दाम्पत्य जीवनमा केही तनाव हुन सक्छ। दिन चुनौतीपूर्ण हुन सक्छ।

कन्या : दिन सामान्य रहनेछ। खर्च बढ्दा चिन्ता बढ्न सक्छ। काममा राम्रो नतिजा मिल्नेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेम जीवनमा सुखद अनुभव हुनेछ।

तुला : दिन राम्रो रहनेछ। काममा ध्यान दिनु राम्रो हुनेछ। आय बढ्नेछ भने खर्च एकदमै न्यून हुनेछ। परिवारमा नयाँ जिम्मेवारी आउन सक्छ। दाम्पत्य जीवन राम्रो रहनेछ। सम्पत्ति किन्ने अवसर आउन सक्छ।

वृश्चिक : दिन राम्रो रहनेछ। दिउँसोपछि भाग्यले साथ दिनेछ। आत्मबल बढ्नेछ तथा मन खुसी हुनेछ। आय राम्रो हुनेछ। व्यापारीलाई राम्रो लाभ मिल्नेछ। दाम्पत्य जीवनमा तनाव रहनेछ।

धनु : दिन समग्रमा राम्रो भए पनि दिउँसोपछि त्यति राम्रो नहुन सक्छ। कामको सिलसिलामा राम्रो नतिजा मिल्नेछ। दाम्पत्य जीवन राम्रो रहनेछ।

मकर : दिन सामान्य रहनेछ। भाग्यमा केही कम आउनेछ। ख्र्च बढ्नेछ। आय राम्रो रहनेछ। दाम्पत्य जीवन शान्तिपूर्ण रहनेछ।

कुम्भ : दिन मध्यम रहनेछ। चिन्ता बढ्नेछ। खर्च बढ्नेछ। दाम्पत्य जीवनमा दिउँसोपछि प्रेम बढ्नेछ। दिउँसोपछि समय त्यति राम्रो हुने छैन। प्रेम जीवन राम्रो बित्नेछ।

मीन : दिन सामान्य रहनेछ। दिउँसोपछि काममा सफलता मिल्नेछ। काममा मेहनत गर्ने योग छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारिक जिम्मेवारी बढ्नेछ।

(राशिफलमा जे भनिए पनि सकारात्मक सोचका साथ काम गरे जोसुकैले पनि राम्रो फल पाउन सक्नेछन्।)

प्रतिक्रिया दिनुहोस्