काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण ५१ जिल्लामा फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझसम्म प्रदेश १ र प्रदेश २ का आठ (सबै), बाग्मती प्रदेशको १२, गण्डकी प्रदेशको चार, प्रदेश ५ को नौ, कर्णाली प्रदेशको तीन र सुदूरपश्चिम प्रदेशको सात जिल्लामा कोरोना संक्रमित देखिएका छन्।
ती जिल्लाका एक हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीमध्ये सबैभन्दा बढी बाँकेमा छन्। त्यहाँ एक सय ७१ जनालाई संक्रमण देखिएको छ।
यस्तै, कोरोना संक्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म एक सय ८७ जना उपचारपछि निको भएका छन्।
कुन जिल्लामा कति संक्रमित ?
प्रदेश १
उदयपुर : ३३
खोटाङ : १
झापा : ७७
धनकुटा : ७
भोजपुर : १
सुनसरी : ३
मोरङ : ६
सोलुखुम्बु : १
प्रदेश २
धनुषा : ४४
पर्सा : ९५
बारा : ४७
महोत्तरी : २२
रौतहट : १२२
सप्तरी : २९
सर्लाही : ४२
सिराहा : १४
बाग्मती प्रदेश
काठमाडौं : १८
काभ्रेपलान्चोक : १
चितवन : ६
दोलखा : १
धादिङ : ३
नुवाकोट : १
भक्तपुर : ४
मकवानपुर : ५
रामेछाप : १
ललितपुर : २
सिन्धुपाल्चोक : १
सिन्धुली : १
गण्डकी प्रदेश
नवलपरासी पूर्व : ३
लमजुङ : १
स्याङ्जा : ५
बाग्लुङ : ८
प्रदेश ५
अर्घाखाँची : ३
कपिलवस्तु : १०९
नवलपरासी पश्चिम : ६
रुकुमपूर्व : ३
बर्दिया : १०
बाँके : १७१
रुपन्देही : ४३
दाङ : २०
गुल्मी : ४
कर्णाली प्रदेश
दैलेख : १६
जुम्ला : २
सुर्खेत : २९
सुदूरपश्चिम प्रदेश
अछाम : २
कञ्चनपुर : १
कैलाली : १०
दार्चुला : १
बझाङ : १
डडेलधुरा : १
बैतडी : ५
प्रतिक्रिया दिनुहोस्