नेसनल प्याब्सनद्वारा धनगढी उपमहानगरलाई खाद्य सामग्री हस्तान्तरण

धनगढी- नेसनल प्याब्सन, कैलालीले धनगढी उपमहानगरपालिकालाई बिहीबार (आज) खाद्य सामग्री हस्तान्तरण गरेको छ।

प्याब्सनले उपमहानगरका मेयर नृपबहादुर वडलाई खाद्य सामग्री हस्तान्तरण गरेको हो। खाद्य सामग्री हस्तान्तरणमा जिल्ला अध्यक्ष उपेन्द्र अवस्थी, सचिव रामचन्द्र आचार्य, कोषाध्यक्ष वरुण बिष्ट, सदस्य श्याम कार्की लगायतको उपस्थिति रहेको थियो।

भारतबाट घर फर्केर गौरिफन्टा नाकामा रहेका नेपालीका लागि खाद्य सामग्री हस्तान्तरण गरिएको नेसनल प्याब्सनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्