आजको राशिफल : यी राशिका व्यक्तिलाई हुनेछ धनलाभ

काठमाडौं- दैनिक राशिफल चन्द्र ग्रहको गणनामा आधारित छ। आजको राशिफल पञ्चाङको गणना तथा सटीक खगोलीय विश्लेषणबाट गरिएको छ। राशिफलमा सबै १२ राशिको भविष्यफल बताइएको छ।

मेष : दिन सामान्य फलदायक रहनेछ। काम गर्ने दक्षता बढ्नेछ। महत्त्वकांक्षा पनि वृद्धि हुनेछ। परिवारमा सामान्य समस्या हुन सक्छ। यद्यपि, दाम्पत्य जीवनमा खुसी छाउनेछ। आय बढ्नेछ।

वृष : दिन मध्यम रहनेछ। खर्च बढ्नेछ भने आम्दानी घट्नेछ। मानसिक समस्या हुन सक्छ। कामको आधारमा दिन राम्रो हुनेछ। दाम्पत्य जीवनमा केही समस्या देखिन सक्छ।

मिथुन : कुनै ठूलो निर्णय नलिनुहोला, अन्यथा नोक्सान हुनेछ। दाम्पत्य जीवनमा तनाव छाउनेछ। प्रेम जीवनमा भने खुसी मिल्न सक्छ। परिवारका सदस्यबाट मान सम्मान बढाउन मद्दत मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ।

कर्कट : दिन सामान्य फलदायक रहनेछ। खर्च निकै बढ्नेछ। मानसिक तनाव मिल्नेछ। विरोधीबाट सावधान रहनुहोला। व्यापारमा राम्रो नतिजा आउन सक्छ। प्रेम जीवन अनुकूल नभए पनि दाम्पत्य जीवन राम्रो हुनेछ।

सिंह : दिन एकदमै राम्रो छ। आय बढ्ने भएकाले मनमा खुसी छाउनेछ। व्यापारमा राम्रो नतिजा मिल्नेछ। प्रेम जीवनमा सावधानी अपनाउनु राम्रो हुनेछ। दाम्पत्य जीवनमा खुसी मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

कन्या : दिन एकदमै राम्रो हुने योग छ। काममा राम्रो नतिजा देखिन सक्छ। दाम्पत्य जीवनसँगै परिवारमा पनि खुसी मिल्नेछ। विरोधीमाथि जित हासिल हुनेछ।

तुला : दिन सामान्य छ। परिवारमा शान्ति छाउनेछ। काममा केही समस्या देखिन सक्छ। प्रेम जीवनसँग दाम्पत्य जीवनमा पनि खुसी छाउनेछ। स्वास्थ्यमा सुधार रहनेछ।

वृश्चिक : दिन सामान्य छ। काममा सफलता हासिल गर्न धेरै मेहेनत आवश्यक पर्नेछ। धनको बारे लापरवाही गरे चिन्ता हुन सक्नेछ। दाम्पत्य जीवनमा तनाव बढ्नेछ।

धनु : दिन राम्रो छ। राम्रो नतिजा मिल्ने योग छ। जागिर गर्नेलाई सहकर्मीबाट सहयोग मिल्नेछ। नयाँ काम सुरु गर्न मन जानेछ। निर्णयबाट सफलता मिल्नेछ। व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवन तनावपूर्ण हुन सक्छ।

मकर : दिन सामान्य रहनेछ। प्रेममा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा भने खासै राम्रो देखिँदैन। जीवनसाथी बिरामी हुने योग छ। कामको नतिजाले खुसी मिल्नेछ। मानसिक तनाव रहनेछ, जसका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ।

कुम्भ : दिन सामान्य रहनेछ। आम्दानी बढ्नेछ। योजना सफल बन्नेछन्। प्रेम जीवनमा समस्या देखिने योग छ। तर, दाम्पत्य जीवनमा खुसी छाउनेछ। स्वास्थ्यको कमजोर देखिनेछ। पारिवारिक जीवन राम्रो हुनेछ।

मीन : दिन मध्यम छ। कामको नतिजा राम्रो मिल्नेछ। परिवारका सदस्यको स्वास्थ्यमा समस्या देखिँदा चिन्ता हुन सक्छ। खर्च घट्नेछ, आय बढ्नेछ। दाम्पत्य जीवनमा समय बित्नेछ। प्रेम जीवनमा चुनौती देखिन सक्छ।

(राशिफलमा जे भनिए पनि सकारात्मक सोचका साथ काम गरे जोसुकैले पनि राम्रो फल पाउन सक्नेछन्।)

प्रतिक्रिया दिनुहोस्