धुमधामसँग मनाइँदै ईद

काठमाडौं- देशभरका मुस्लिम धर्मावलम्बीले आज धुमधामसँग इदुलफित्र (ईद) मनाउँदैछन्। रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम धर्मावलम्बीले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाइने गरिन्छ।

हिजरी संवतको रमदान महिनाभर व्रत बसेर सौव्वाल महिनाको पहिलो दिन ईद मनाउने परम्परा छ।

ईद पर्वमा अल्लाह (भगवान्)का नाममा विशेष नमाज (प्रार्थना) गर्ने परम्परा छ। यस दिन नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु)लगायत मिठा परिकार खाने–खुवाउने चलन छ।

यस पर्वमा मस्जिदमा पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमले घरमै बसेर मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्