तुला राशिका व्यक्तिलाई भाग्यको साथ, मकर राशिका हुनेछन् उदास

टेरो राशिफलका अनुसार आज तुला राशिका व्यक्तिलाई भाग्यको साथ मिल्ने देखिएको छ। यस्तै, मकर राशिका व्यक्तिको मन भने भने उदास हुने योग छ।

यस्तो छ आजको राशिफल।

मेष : खर्च धेरै घट्नेछ। साथीभाइसँग सम्बन्ध राम्रो हुनेछ। साथै परिवारका सदस्यसँग नजिकिने योग छ।

वृष : व्यावसायिक जीवनका लागि राम्रो रहनेछ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। घरमा कुनै विषयलाई लिएर बिनाकारण तनाव हुन सक्छ, यसबारे ध्यान दिन आवश्यक छ।

मिथुन : आजको दिनमा विशेष उत्साह भर्नेछ। प्रभावशाली व्यक्तित्वका कारण प्रगति हुनेछ। तर, आर्थिक स्थिति बलियो बनाउन प्रयासरत रहनुपर्नेछ।

कर्कट : धनसम्बन्धी समस्या आउने छैन। पैत्रिक सम्पत्तिको लाभ मिल्नेछ। कुनै महिला वा आमाबाट उपहार पाइनेछ। गुप्त विद्यामा रुचि बढ्नेछ।

सिंह : विद्या लाभ हुनेछ। सरकारद्वारा कारोबार बढ्ने योग छ। पारिवारिक सम्बन्धलाई लिएर सर्तक रहनुपर्नेछ। आजको दिनमा नरिसाउनु राम्रो हुनेछ।

कन्या : मान-सम्मान पाइनेछ। धन लाभ हुने योग छ। जागिरमा प्रमोसन हुने योग छ। साथै कार्यस्थलमा नयाँ योजना बन्न सक्छ।

तुला : भाग्य पूर्ण साथ दिनेछ। मित्रता घनिष्ठ हुनेछ। साथै परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ। पारिवारिक कार्यमा रुचि बढ्नेछ।

वृश्चिक : भाग्य उदय हुने योग छ। मित्रता घनिष्ठ हुनेछ। साथै आत्मविश्वास अद्भुत देखिनेछ। यसबाट प्रगति हुन सक्छ।

धनु : पैत्रिक सम्पत्तिबाट लाभ हुनेछ। साथीभाइको सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ। पुरानो ऋण चुक्ता हुने योग छ।

मकर : स्वास्थ्यबारे सजग रहनु आवश्यक छ। कतिपय व्यक्तिलाई उच्च रक्तचापको समस्या देखिन सक्छ। स्वास्थ्य समस्याका कारण मन उदास रहनेछ।

कुम्भ : पारिवारिक सुख मिल्नेछ। सरकारी लाभ मिल्नेको योग छ। साथै सरकारी नोकरीको अवसर मिल्ने सक्छ।

मीन : रोग प्रतिरोधक क्षमता बढ्नेछ। सम्बन्धित महिलाबाट मानसिक चिन्ता हुनसक्छ। पुरानो रोगको ऋण चुक्ता हुने योग छ।

प्रतिक्रिया दिनुहोस्