थप २५ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं- नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार २५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिए।

उनका अनुसार थपिएका नयाँ संक्रमितमध्ये कपिलवस्तुमा १३, बाँके ६ र धनकुटामा ५ जना छन्। उनले संक्रमित ३ देखि ४८ वर्षका व्यक्ति रहेको जानकारी दिए।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ४२७ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्