काठमाडौ– रूपन्देहीको बुटवलस्थित क्रिमसन अस्पतालले गुल्मीका कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको मृत्यु नभएको जनाएको छ।
विभिन्न सञ्चारमाध्यममा अस्पतालमा उपचाररत गुल्मी, मदान गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको मृत्यु भएको समाचार आएपछि अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। ती पुरुषको अवस्था भने गम्भीर रहेको अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसुमदायमा अनावश्यक त्रासको वातावरण भएको यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा, बाबा, दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दै निज बिरामीको यस अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँछौं।’
प्रतिक्रिया दिनुहोस्