काठमाडौं- ज्योतिषशास्त्र अनुसार आजको दिन विभिन्न राशिका व्यक्तिलाई फरक-फरक फल मिल्नेछ।
मेष : दिन सामान्य रहनेछ। स्वास्थ्यमा समस्याका कारण खर्च बढ्नेछ। मानसिक चिन्ता छाउनेछ। भाग्यको साथ मिल्नेछ। धार्मिक काममा सफलता मिल्नेछ।
वृष : दिन राम्रो रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। धनलाभ हुनेछ। व्यापारमा सफलता मिल्नेछ। परिवारको वातावरण राम्रो रहनेछ। परिवारमा खुसी आउनेछ।
मिथुन : काममा मन लाग्नेछ। पारिवारिक जीवनमा सुखद अनुभूति हुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ। स्वास्थ्यमा उतारचढाव रहनेछ। प्रेम जीवन राम्रो रहनेछ।
कर्कट : दिन राम्रो रहनेछ। भाग्यको साथ पाइनेछ। व्यापारमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। खर्च बढ्न सक्छ।
सिंह : दिन सामान्य हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। मानसिक चिन्ता छाउन सक्छ। प्रेम जीवनका लागि दिन अनुकूल मानिएको छ। शिक्षा क्षेत्रमा राम्रो नतिजा हासिल हुन सक्छ।
कन्या : काममा प्रगति हुनेछ। नयाँ गरिएका सम्झौताले लाभ दिलाउनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। परिवारमा कुनै शुभकार्य हुन सक्छ। मेहनतबाट लाभ कमाइनेछ। सन्तानलाई कष्ट हुन सक्छ।
तुला : दिन मध्यम मानिएको छ। मानसिक दबाब रहनेछ। परिवारको परिस्थितिले चिन्ता छाउन सक्छ। धार्मिक काममा मन जानेछ। कमको शिलशिलामा राम्रो नतिजा मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
वृश्चिक : दिन मध्यम छ। बानी व्यवहारमा नसुर्धादा झगडा हुन सक्छ। परिवारबाट सुख मिल्नेछ। मिठो भोजनको योग छ। यात्राका लागि दिन अनुकूल छ। प्रेम जीवनमा दिन राम्रो छ।
धनु : मनोरन्जनमा समय खर्च हुने योग छ। दाम्पत्य जीवन राम्रो रहनेछ। साथीभाइसँग समय बिताउने योग छ।
मकर : दिन सामान्य रहनेछ। दाम्पत्य जीवनमा तनाव रहनेछ। स्वास्थ्य कमजोर रहनेछ। काममा राम्रो नतिजा मिल्नेछ। धन लाभ हुनेछ।
कुम्भ : दिन सामान्य रहनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला, अन्यथा स्वास्थ्य बिग्रन सक्छ। खर्च बढ्नेछ। पारिवारिक जीवनमा कामको प्रभाव आउनेछ। सन्तानबाट राम्रो नतिजा मिल्नेछ।
मीन : दिन एकदमै राम्रो रहनेछ। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। धन लाभ हुनेछ। योजना सफल हुनेछन्। दाम्पत्य जीवन पनि राम्रो रहनेछ। भाग्यको साथ रहनेछ। व्यापारमा लाभ मिल्नेछ।
(राशिफलमा जे भनिए पनि सकारात्मक सोचका साथ काम गरे जोसुकैले पनि राम्रो फल पाउन सक्नेछन्।)
प्रतिक्रिया दिनुहोस्