
काठमाडौं- सरकारले जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो।
त्यसअघि आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो।
नेपालमा कोरोना भाइरसका कारण आइतबारसम्म दुई जनाको ज्यान गइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिसकेको छ।
यस्तै, नेपालमा दुई सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्