काठमाडौं- ज्योतिषशास्त्र अनुसार आजको दिन विभिन्न राशिका व्यक्तिलाई फरक-फरक फल मिल्नेछ।
मेष : आजको दिन सामान्य रहनेछ। दिनको सुरुवात राम्रो हुनेछ। तर, दिउँसोपछि खर्च बढ्नेछ। मनमा चिन्ता छाउन सक्छ।
वृष : आजको दिन राम्रो रहनेछ। काममा ध्यान जानेछ। आय बढ्नेछ। दाम्पत्य जीवन राम्रोसँग बित्नेछ। सम्बन्धमा सामन्जस्य बढ्नेछ।
मिथुन : आजको दिन राम्रो रहनेछ। काममा धेरै मेहेनत गर्दा राम्रो नतिजा हासिल गर्न सकिनेछ। तर, विवाहित व्यक्तिको जीवनसाथीको स्वास्थ्य स्थिति बिग्रन सक्छ।
कर्कट : आजको दिन राम्रो रहनेछ। भाग्य साथ पाइनेछ। ीववाहित मानिस दाम्पत्य जीवनको जिम्मेवारी पूरा गर्न लाग्नेछन्। दाम्पत्य जीवनमा रमाइलो हुनेछ।
सिंह : आजको दिन सामान्य हुनेछ। म्नमा चिन्ता छाउनेछ। काममा ध्यान दिनुहोला। स्वास्थ्यको ख्याल गर्नु उचित हुनेछ।
कन्या : आजको दिनले मजबुती दिनेछ। कार्ययोजना उपलब्धिमूलक हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। जागिर गर्नेका लागि प्रगति रहनेछ। स्वास्थ्य राम्रो हुनेछ।
तुला : आजको दिन सामान्य रहनेछ। खर्च बढ्न सक्नेछ। आय सामान्य रहनेछ। मनमा चिन्ता छाउनेछ। प्रेम जीवनमा तनाव बढ्न सक्छ।
वृश्चिक : आजको दिन खुसी मिल्नेछ। आय बढ्नेछ। सन्तानबाट सुखद खबर मिल्नेछ। व्यापारमा गति आउनेछ। परिवारमा मनमुटावको स्थिति आउन सक्छ।
धनु : आजको दिन राम्रो रहनेछ। घरको योजनाबारे विचार–विमर्श हुनेछ। परिवारमा महत्त्वपूर्ण भूमिका रहनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ।
मकर : दिन सानदार रहनेछ। आय बढ्नेछ। सोच्ने–समझनेको शक्ति विकास हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। खर्चमा कमी आउनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ।
कुम्भ : आय बढ्नेछ। स्वास्थ्य र काममा प्राथमिकता दिनुहुनेछ। खर्च बढे पनि आम्दानी पनि राम्रो हुनेछ। व्यापारमा आशिंक लाभ हुनेछ। दाम्पत्य जीवनमा उतारचढाव आउनेछ।
मीन : आजको दिनमा उतारचढाव रहनेछ। खर्च बढ्नेछ। आय पनि बढ्न सक्नेछ। साथीभाइको सहयोग मिल्नेछ। काममा प्रगति हुनेछ। दाम्पत्य जीवन राम्रो हुनेछ।
(राशिफलमा जे लेखिए पनि सकारात्मक सोचका साथ काम गरे जोसुकैले पनि सफलता पाउन सक्नेछन्।)
प्रतिक्रिया दिनुहोस्