मोरङ- मोरङमा बालिका कलात्कार गरेको आरोपमा युवक शनिबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–४, इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) छन्।
शनिबार बिहान साढे ६ बजेतिर घरनजिकै सडकमा हिँडिरहेकी विराटनगरमा महानगरपालिका–५ की १४ वर्षीया बालिकालाई अपहरण शैलीमा बलात्कार गरेको वीरेनमाथि आरोप लागेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
प्रहरीका अनुसार आरोपितविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको छ। बालिकाको कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण नतिजा आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्