काठमाडौं- नेपालमा एकै दिन कोरोना भाइरस रोग (कोभिड-१९)का ११ बिरामी फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबार दिउँसोसम्म कपिलवस्तुका १० र सप्तरीका १ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएको संख्या एक सय २१ पुगेको छ।
कपिलवस्तुमा थपिएका संक्रमितबारे भने मन्त्रालयले बिहानै सार्वजनिक गरिसकेको थियो।
दुई निको भए
कोरोना संक्रमित दुई बिरामी उपचारपछि निको भएर सोमबार घर फर्किएका छन्। मोरङ, विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय र झापाका ४८ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका हुन्।
२४ घन्टामा गरिएको दुई वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो। योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ३३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्