सप्तरी– सप्तरीमा एक प्रहरी हबलदार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत प्रहरी हबलदार रामबहादुर मगर (३६) बिहीबार बिहान ब्यारेकमा रहस्यमयरूपमा मृत अवस्थामा फेला परेका हुन्।
उनको मृत्युको कारण खुल्न सकेको छैन। कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारतीले मृतक प्रहरी हबलदार मगरको मृत्युको कारण नखुलेको बताए। “शव पोस्टमार्टमका लागि पठाएका छौं, त्यसपछि मात्रै मृत्युको कारण खुल्नेछ,’ डिएसपी भारतीले भने।
प्रतिक्रिया दिनुहोस्