शवले हलचल गर्ने वैज्ञानिकको दाबी


काठमाडौं– अस्ट्रेलियाका एक वैज्ञानिकले शवले हलचल गर्ने दाबी गरेका छन्। वैज्ञानिक एलिसन विल्सनले अनुसन्धानपछि प्राप्त नतिजाका आधारमा यस्तो दाबी गरेका हुन्।

उनले एउटा शवमाथि १७ महिनासम्म अध्ययन गरेका थिए । उनले शवको हरेक चाललाई क्यामरामा पनि उतारेको दाबी गरेका छन्। एलिसन भन्छन्, ‘मरिसकेपछि पनि मानव शरीरले केही न केही हलचल गरिरहेको हुन्छ । यसैकारण कैयौं पटक मृत शरीर पनि जिउँदो हो कि भन्ने भ्रम हुन जान्छ।’

उनका अनुसार अनुसन्धानको प्रारम्भमा शवको हात जोडेर राखिएको थियो । समय बित्दै जाँदा भने हात खुल्दै गएको पाइयो । उनलाई लाग्यो– शायद यो डिन्कपोजिसनका कारण भएको हो । तर, जब बिस्तारै शरीर सुक्दै गयो, शरीरमा हचचल पनि बढ्दै गयो ।

उनले भने, ‘यो अनुसन्धानका लागि शवको हलचल अध्ययन गर्न टाइम ल्याप्स क्यामरा लगाइएको थियो, जसले हरेक ३० मिनेटमा शवको तस्बिर लिने गथ्र्याे।’

प्रतिक्रिया दिनुहोस्