उडान-अवतरण गर्न विमानस्थल नचाहिने विमान !

काठमाडौं- इटालियन कम्पनी एयरोस्‍पेस जेन्ट लियानार्दोद्वारा निर्माण गरिएको ए डब्लु ६०९ यस्तो विमान हो, जसलाई उडान र अवतरणका लागि विमानस्थल चाहिँदैन।

योजना अनुसारको काममा वाधा नआउने हो भने यो विमान सन् २०२० सम्म बजारमा आइसक्नेछ। यो टिल्‍ट रोटर एयरक्राफ्ट अमेरिकाको फिलाडेल्फियामा उत्पादन सुरु भइसकेको छ। फेडरल एविएसन एडमिनिस्‍ट्रेसनबाट यो वर्षको अन्तसम्म यसलाई उडानको अनुमति प्राप्त हुनेछ।

अमेरिकाको एटलान्टामा हेलिकोप्टर एसोसिएसनले आयोजना गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा कम्पनीले विमान प्रदर्शन गरेको थियो। विमानले भर्टिकल ल्याण्डिङ तथा टेकअफ गर्न सक्नुमा यसको रोटरको मुख्य भूमिका छ। विमानको दुवै पखेटामा हेलिकोप्टरझैं रोटर हुन्छ, जसले विमानलाई हेलिकोप्टरझैं उडान र अवतरण गर्न सहयोग गर्छ।

अमेरिकासँग यस्तैखाले विमान भि ट्वान्टी टु ओस्प्रे छ। र, यो विमान ओस्प्रेभन्दा धेरै गुणा राम्रो र त्योभन्दा फरक प्रकृतिको रहेको निर्माण कम्पनीको दाबी छ।

विमानमा एक यस्तो प्रेसराइज क्याविनको निर्माण गरिएको छ, जसका कारण विमान जस्तोसुकै मौसममा पनि २५ हजार फिटसम्म उड्न सक्छ। तर, अहिले कम्पनीले यसको प्रयोग स्वास्थ्यसँग सम्बन्धित इमरजेन्सीमा मात्र प्रयोग गरिने बताएको छ।

अमेरिकासँग यस प्रकारको २०० वटा हेलिकोप्टर छ जुन उसले सैनिक प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएको छ। सन् २०१५ मा अमेरिकी विमान भि ट्वान्टी टि ओस्प्रे दुर्घटनामा २ जना पाइलटको मृत्यु समेत भएका कारण लियोनार्दो कम्पनी सचेत देखिएको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्