मोटोपनबाट हैरान हुनुहुन्छ ? यी काम गर्नुस्

काठमाडौं– व्यस्त जीवनशैलीका कारण अधिकांश मानिस शारीरिक अभ्यास गर्न पाउँदैनन् । जसका कारण मोटोपन तथा तौल बढ्ने समस्या देखिन्छ । यसको सम्बन्ध खानपान तथा दिनचर्यामा निर्भर हुन्छ । यदि फेइङ सुईमा दिइएको उपाय गरे केही हदसम्म मोटोपन तथा तौल बढ्ने समस्या नियन्त्रण गर्न सकिन्छ ।

किचेनको भित्तामा लाइट रंग लगाउनुस्

मानिसको भोकको सम्बन्ध रंगसँग हु्न्छ । रातो तथा भड्किलो रंग देखेर हामीलाई अधिक भोक लाग्छ । त्यसकारण किचेन तथा डाइनिङ कोठाको भित्तामा यस्तो कलर लगाउनु हुँदैन । यीकोठाका भित्तामा लाइट रंग लगाउनुपर्छ, ताकियहाँ बसेर भोजन गर्दा बढी खानबाट बच्न सकियोस् ।

कालो र निलो रंगको प्लेटतथा टेबुल कपडा प्रयोग गर्नुस्

तपाईंको प्लेट तथा टेबुल कपडाको रंग रातो र भड्किलो हुनुहुँदैन । यसको सट्टा कालो र निलो कलरको प्लेट तथा टेबुल कपडा प्रयोग गर्नुपर्छ, यसले भोक नियन्त्रण रहन्छ । परिणामस्वरूतौल पनि नियन्त्रण राख्छ ।

किचेन व्यवस्थित बनाउनुस्

आफ्नो किचेन व्यवस्थित बनाउनुस् । अनावश्यक वस्तुलाई हटाउनुस् । किचेनमा खानेकुरा मात्रै राख्नुस् ।

टेबुलमा बस्नेबित्तिकै खाना नखानुस्

टेबुलमा बस्नेबित्तिकै खाना सुरु नगर्नुस् । फेइङ सुईका अनुसार, ध्यान गरेर मात्रै सन्तुष्ठिपूर्वक भोजन गर्नुपर्छ । यसो गर्दा स्वास्थ्य राम्रो हुन्छ र शरीरमा बोसोको मात्रा बढ्दैन ।

पेट टन्न हुने गरी नखानुस्

ओभर इटिङबाट बच्न पेट टन्न हुने गरी खानुहुँदैन । यस्तै, डाइनिङ टेबुलतथाकिचेनमाताजाफलफूल राख्नुस् ।

फ्रिज र डाइनिङ टेबुलको सामुन्ने ऐना राख्नुस्

वजनलाई नियन्त्रण गर्न फ्रिज र डाइनिङ टेबुलको सामुन्ने ऐना राख्नुपर्छ । यस्तै, सूर्यको प्रकाशकिचेन तथा डाइनिङ क्षेत्रमाआउने कुरामा समेत ध्यान दिनुपर्छ ।

आउँदा–जाँदा दृष्टि पर्ने ठाउँमा जुत्ता राख्नुस्

फेइङ सुईका अनुसार शरीरको तौल घटाउन आउँदा–जाँदा दृष्टि पर्ने ठाउँमा जुत्ता राख्नुपर्छ ।

स्वस्थ देखिने मानिसको तस्बिर घरमा टाँस्नुस्

आफ्नो घरमा ती व्यक्तिको तस्बिर टाँस्नुस्, जो स्वस्थ देखिन्छन् । ताकि तपाईंलाई पनि उनीहरूलाई देखेर फिट रहन प्रेरित गरोस् ।

प्रतिक्रिया दिनुहोस्